डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने सरकारको निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने सरकारको निर्णय

नयाँ विकल्प,

काठमाडौं- सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने भएको छ । बुधबार मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो । जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको लार्भा खोजिने र नट गर्ने अभियान चलाइने छ ।

बैठकपछि जारी विज्ञप्तिमा डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य–दृश्य सामाग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने तथा रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोवाईल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने उल्लेख छ । त्यस्तै रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संजयकुमार ठाकुरले जानकारी दिए ।

मुख्य सचिव बैरागीको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा अन्य उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा नेपालमा हाल देखिएको डेंगु रोगको प्रकोपको प्रतिकार्य, नियन्त्रण तथा रोकथाम सम्बन्धी विषयमा छलफल हुनुका साथै डेंगु रोगको नियन्त्रण तथा रोकथामको कार्ययोजना, सञ्चालन भइरहेका प्रतिकार्य गतिविधिको समिक्षा, नियन्त्रणका लागि भइरहेको तयारीको सम्बन्धमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ भाद्र २२, १८: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ भाद्र २२, १८: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ भाद्र २२, १८: १८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...