काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पूरा गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौथो पूर्वाधार सम्मेलनमा प्रचण्डले मुलुक शान्ति र स्थिरताको युगमा प्रवेश गरेको र विकासका लागि सकारात्मक वातावरण बनेको बताए।
विकासका लागि छिमेकी र अन्तर्राष्ट्रिय मित्रहरुसँगको सम्बन्धलाई विस्तार गर्दै लगिएको उनले बताए। प्रचण्डले आगामी निर्वाचनपछि आर्थिक विकासका लागि ध्यान केन्द्रित गर्ने बताए।
त्यसका लागि ऐन कानुनमा सुधार संशोधन सहित राजनीतिक पार्टीसँगको सहकार्य रआर्थिक विकासलाई नयाँ ढंगले माथि उठाउने उद्घोष गरेका छन।
अहिले भौतिक पूर्वाधारमात्रै नभइ डिजिटल पूर्वाधारको पनि निकै महत्व रहेको भन्दै यसमा सीएनआइले खेलेको भूमिकाको प्रसंसा गरे
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...
काठमाडौं : नेपालमा बर्डफ्लु (एच५एन१) संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी,...