नेपालगन्ज । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ का ८६ वर्षीय पुरुषको बुधबार नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको छ। उनको डेंगु संक्रमणका कारण मृत्यु भएको अस्पतालले बताएको छ।
भेरी अस्पतालमै भर्ना भएकी कैलालीको टीकापुर नगरपालिकाका १२ वर्षीया बालिकाले पनि डेंगुबाट ज्यान गुमाइन्। भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले अस्पतालमा उपचार गर्न आउने डेंगुका बिरामी बढ्दो क्रममा रहेको बताए।
बाँकेमा ११ जना डेंगुका बिरामी फेला परेका छन्। जसमध्ये दुई जनाले ज्यान गुमाइसकेका छन्। सबैभन्दा बढी डेंगु रोगी नेपालगन्ज उपमहानगरपालिकाभित्र छन । जिल्लामा हालसम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...