कलंकीस्थित डिजी मार्टमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्याथल्याब एण्ड डायग्नोस्टिक सेवा सुरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कलंकीस्थित डिजी मार्टमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्याथल्याब एण्ड डायग्नोस्टिक सेवा सुरु


काठमाडौं । कलंकीमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्याथल्याब एण्ड डायग्नोस्टिक सञ्चालनमा ल्याइएको छ ।
कलंकीस्थित डिजी मार्टमा काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिकको कलेक्सन सेन्टरबाट सेवा सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठ लगाएतको उपस्थितिमा एक कार्यक्रमकाबिच उक्त सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।

आइएसओ १५८९ मा मान्यताप्राप्त सो प्याथल्याब एण्ड डायग्नोस्टिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास प्रस्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगाएतका विशेषज्ञ सेवाहरु सञ्चालनमा ल्याइएको छ । सो प्याथल्याब एण्ड डायग्नोस्टिकमा हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी,इम्युनो अस्से, साइटोप्याथोलोजी,एफएनएसी, अटो इम्युनल, फ्लो साइटोमेट्री, किड्नी स्टोन एनलाइसिस लगाएतका परीक्षण सुविधा समेत उपलब्ध रहेको बताइएको छ । उक्त ल्याबको मुख्य शाखा महाराजगंजमा रहेको छ ।

काठमाडौं प्याथल्याब तथा डायग्नोस्टिकको सेवा उद्घाटनका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सञ्चालक सन्तोष दाहालले जानकारी दिएका छन् । काठमाडौं प्याथल्याब तथा डायग्नोस्टिकले मेट्रो अस्पतालसँगको सहकार्यमा मेट्रो ब्लड बैंक सञ्चालन गरिरहेको दाहालले बताए ।

काठमाडौं प्याथल्याब तथा डायग्नोस्टिकमा देश तथा विदेशमा ख्यातीप्राप्त अनुभवी चिकित्सकहरुले सेवा प्रदान गर्ने दाहालले जानकारी दिए ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ भाद्र २८, १३: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ भाद्र २८, १३: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ भाद्र २८, १३: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...