देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा डेङ्गु परीक्षण किटको अभाव – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा डेङ्गु परीक्षण किटको अभाव


नवलपरासी । पूर्वी नवलपरासीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार १५ दिनदेखि जिल्ला अस्पतालमा डेङ्गु परीक्षण किटको अभाव भएको छ । डेँगुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको सुवेदीले बताए । जिल्ला अस्पतालमा साउन र भदौ गरी अहिलेसम्म नौजना मात्रै डेङ्गुका बिरामी फेला परेका छन् ।

सूचना अधिकारी सुवेदीले भने “उच्च ज्वरोका बिरामी धेरै नै आउनुभएको छ, तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गरेका छौं ।” सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको सुवेदीले बताए । डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छ ।

पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएका कारण उपलब्ध हुन नसकेको सुवेदीले जानकारी दिए ।

अहिले ओपिडीमा दैनिक २० जना डेङ्गुका सम्भावित बिरामी आउने गरेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा कमलराज न्यौपानेले बताए । सेतो रगतको कमी वा गम्भीर बिरामीहरुलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरेको भन्दै डा न्यौपानेले भने “डेङ्गु किटको अभाव भए पनि अन्य अस्पतालमा परीक्षण गरेर रिपोर्टअनुसार उपचार गरेका छौँ,दैनिक दुई जना डेङ्गुका बिरामी भर्ना भएका छन् ।”

जिल्लाको सरकारी अस्पतालमा नै डेङ्गुको परीक्षण नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका छन् । सूचना अधिकारी सुवेदीका अनुसार जिल्ला अस्पतालमा डेङ्गुको मात्रै होइन स्क्रब टाइफसको परीक्षण किटको पनि अभाव रहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ भाद्र २९, १४: ०२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ भाद्र २९, १४: ०२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ भाद्र २९, १४: ०२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...