काठमाडौं । देशमा पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ११९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । चार हजार ८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा देशभर १३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार १९१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा ३९, भक्तपुरमा एक र ललितपुरमा तीनजना संक्रमित थपिएका हुन् । दुई हजार ११९ जना होम आइसोलेसनमा र ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
देशभर अस्पतालमा उपचाररतमध्ये १९ जना आईसीयू तथा एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...