डेंगीको तत्काल उपचार नभए मृत्युको जोखिम, यस्ता छन् लक्षण र बच्ने उपाय | Naya Bikalpa
September 29, 2022, Thursday
७५ जिल्लामा फैलियो डेंगी

डेंगीको तत्काल उपचार नभए मृत्युको जोखिम, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौं । नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । पछिल्लो समय सक्रिय रहेको डेंगु रोग र त्यसको शिकारमा परेका विरामीको दुखद निधन भएको छ । १३ सेप्टेम्बरसम्म संक्रमितको संख्या एघार हजार ६५ पुगेको छ भने नौजनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशहाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार देशका ७५ जिल्ला नै डेंगुबाट पीडित भएका छन् । अहिलेसम्म १३००७ जना सम्भावित डेंगु रोगी देखिएका छन् । डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टे बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छ । डेंगी संक्रमण भएका ८० प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने हुन्छ । बाँकी २० प्रतिशतमध्ये पनि १ प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई सिभियर डेंगी भनिन्छ ।

प्रदेश १ मा ४१७, मधेशमा २२६, बागमतीमा ९९७१, गण्डकीमा २९१, लुम्बिनीमा १५१०, कर्णालीमा १८८ र सुदूरपश्चिममा ४०४ रोगी रहेका रहेको मन्त्रालयले जनाएको छ ।

सामान्यतया उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटसम्म) आउनु, टाउको तथा आँखाको पछाडिको भाग धेरै दुख्नु, शरीरका विभिन्न भागहरु असह्य हुनेगरी दुख्नु, वान्ता आउनु, ग्रन्थीहरु सुन्निनु,शरीरमा डाबर आउने, वाकवाक लाग्नु, आँखा तिरमिराउनु, कमजोरी महसुस हुनु, खाना खान मन नलाग्नु,पेट गडबडी हुने,श्वासप्रश्वासमा समस्या आउनु, नाक तथा गिजाबाट रक्तश्राव हुनु, कलेजो सुन्निनु डेंगीका लक्षण हुन् ।

यस्ता लक्षण भएका संक्रमित साधारणतया सात देखि दश दिनभित्र निको हुनछन् । तर, सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्यु समेत हुन सक्छ ।

डेंगुले उग्र रुप लिँदा अस्पताल भरिएका छन् जसले गर्दा जनताले भने सरकारले नियन्त्रणका प्रयासमा गम्भीरता नदेखाएको गुनासो पोख्न थालेका छन् ।सरकारले भने रोकथामका कामहरू भइरहेको बताउँदै आएको छ ।

रोकथामका उपायहरू

१. कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने

२. पानी जम्मा हुने सतहहरु सम्याउने

३.भाँडाहरु छोप्ने

४.पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नासक) औषधीहरु छर्किने

५.किराहरु खाने माछा तथा अन्य जीव पालन गर्ने

६.लोसनहरुको प्रयोग गर्ने

७.लामखुट्टे भगाउने धुपहरुको प्रयोग गर्ने

८.फोहोरको उचित ब्यबस्थापन गर्ने तथा पानिको परिचालन ब्यबस्थित तवरले गर्ने

९. विभिन्न स्वास्थ संस्था, स्वास्थ क्षेत्रमा कार्यरत बिभिन्न संघसंस्था तथा स्थानीय देखि केन्द्र सम्मका सरकारको सहकार्यमा रोकथामका कार्यक्रमहरु सञ्चालन गर्ने

१०. देशव्यापि जनचेतनामुलक कार्यक्रम संचालन गरि सर्बसाधारण आम जनतालाई डेंगुबाट बच्ने उपायहरु सिकाउने

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ भाद्र ३१, १७: ०८

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ भाद्र ३१, १७: ०८

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ भाद्र ३१, १७: ०८

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...