अनशनरत डा. केसीलाई लिन आएको स्काई ट्रक खाली फर्कियो | Naya Bikalpa
September 29, 2022, Thursday

अनशनरत डा. केसीलाई लिन आएको स्काई ट्रक खाली फर्कियो

नयाँ विकल्प,

काठमाडौं – धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान आएको नेपाली सेनाको स्काई ट्रक खाली फर्किएको छ । केसीले उपचारको लागि काठमाडौं जान अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको सो स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले सोमबारदेखि नै विशेष सूचना जारी गर्दै थप उपचारको लागि उनलाई बहुसुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर आफ्नो माग सम्बोधन नभएसम्म आफू कतै नजाने उनको अडान छ । प्रजिअ थापाको अनुसार सरकारी वार्ता टोली र केसीका वार्ता टोलीबीच काठमाडौंमा वार्ता जारी रहेको छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेका हुन् ।

सम्बन्धित समाचार

फ्लोरिडामा शक्तिशाली तुफान
फ्लोरिडामा शक्तिशाली तुफान
  • २०७९ आश्विन ४, १९: ०७

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।इयानको कारण भारी वर्षा र बाढी आएको छ...

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने्
  • २०७९ आश्विन ४, १९: ०७

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने...

नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
नक्कली प्रहरी द्वारा ललितपुरको एक घरमा लुटपाट
  • २०७९ आश्विन ४, १९: ०७

काठमाण्डौ । महालक्ष्मी नगरपालिका–८ लुभुको चसी टोलमा रहेको विष्णुकुमारी गोलेको घरमा लुटपाट भएको हो । आफूहरु प्रहरी भएको र सुरक्षा...