सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल अस्पतालमा – Naya Bikalpa
April 19, 2024, Friday

सत्यमोहन जोशीलाई भेट्न एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल अस्पतालमा

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले हिजो ललितपुरको किष्ट अस्पतालमा पुगी जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा भर्ना छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिए । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

 

 

सम्बन्धित समाचार

यूएईविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने
  • २०७९ आश्विन ११, १२: १५

  काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग टस हारेर पहिला ब्याटिङको...

बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा
बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा
  • २०७९ आश्विन ११, १२: १५

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिलभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको...

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने
  • २०७९ आश्विन ११, १२: १५

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आगामी वैशाख ९...