काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।
अस्पतालको प्याथोलोजी तथा ल्याब मेडिसिन विभागमा ल्याब टेक्निसियनको स्थायी पदमा कार्यरत जग्यदेव प्रसाद यादव गायब भएका हुन्।
सप्तरी घर भएका यादब अस्पतालमा नआएपछि स्पष्टिकरण हाजिर हुन आउन अस्पतालले पत्र पठाएको थियो।
तर पनि कुनै सम्पर्क नगरेको जानकारी अस्पतालले दिएको छ।
३५ दिनभित्रमा पनि उपस्थित नभएमा नोकरी कायम नरहने जानकारी अस्पतालले दिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...