काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार दुई हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० जना र एक हजार ५९४ एन्टीजेन परीक्षण गर्दा ६३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा १०३ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन ।
हाल मुलुकमा एक हजार चार जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...