महासेठको स्वार्थ पुरा नहुँदा फेरिन्छन् महानिर्देशक – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

महासेठको स्वार्थ पुरा नहुँदा फेरिन्छन् महानिर्देशक

काठमाडौं । केपी ओली सरकारको क्याविनेटमा सर्वाधिक बिबादित र धुमिल क्षवि भएका मन्त्री हुन, रघुबीर महासेठ । आफ्नो योग्यता र क्षमता भन्दा जेठान उपेन्द्र महतोको आड भरोसामा राजनीतिमा जम्न सफल भएका महासेठलाई सरकारमै मालदार अड्डा भनेर चिनिएका यातयात व्यवस्था विभाग र सडक विभाग जस्ता महत्वपूर्ण कार्यालयहरु रहेका छन् ।

त्यस्ता विभागका महानिर्देशकबाट परम्परागत रुपमा चल्दै आएको नजराना प्रबृत्तिले निरन्तरता नपाउँदा महासेठले मर्यादा, परम्परा विपरित नै सहसचिवहरुलाई चलाउने गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफूले मन्त्रालयको सम्हालेको १६ महिनामा ३ जना महानिर्देशकहरुलाई यातायात व्यवस्था बिभागबाट हटाएका छन् ।

आफ्नै कार्यकालमा ३ जना महानिर्देशक हटाएर चौथोलाई सरूवा गरेका महासेठलाई ठेक्का पट्टामा यथेष्ठ कमिसन नपाए वा कालाबजारियार र सिण्डिकेट खडा गर्नेलाई कारबाही गर्न खोजेमा सिधै महानिर्देशकलाई थर्काउने र धम्क्याउने गरेका छन् ।

यातायात क्षेत्रको सिण्डिकेट तोडेर ओली सरकारको नाक जोगाएका महानिर्देशक रुपनारायण भट्टराईलाई त्यही सेण्डिकेटधारी व्यवसायीको सल्लाहमा हटाएका थिए । नयाँ ट्याक्सी मापदण्ड ल्याउन खोज्ने महानिर्देशक लावण्यकुमार ढकाललाई पनि महासेठले बिनाकारण हटाएका थिए ।

अहिले नयॉ बसपार्कको सरकारी जग्गा बचाउन खोज्ने महानिर्देशक कुमारप्रसाद दाहाललाई पनि सरुवा गरिएको छ । दाहालले नयाँ बसपार्कमा रहेको सरकारी स्वामित्वको जग्गा आफ्नो मातहतमा ल्याउन पहल गरेको आक्रोसमा मन्त्री महासेठले दाहाललाई हटाएका हुन् । नयाँ बसपार्कको जग्गा ल्होत्से बहुउदेश्य संस्थाको नाममा पुरै दुरुपयोग हुने गरेको छ ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७६ असार ३१, ०८: ०९

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७६ असार ३१, ०८: ०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७६ असार ३१, ०८: ०९

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...