
काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बारम्बार हुने गल्तिका कारण उनको सचिवालय कति कमजोर रहेछ भन्ने देखाउन थालेको छ । देशको घरेलु मामिला भन्दा पनि कुटनीतिक क्षेत्रमा यस्तो त्रुटीलाई गम्भिर मानिन्छ । प्रधानमन्त्रीको सचिवालयमा जनशक्तिको अभावले यस्तो कमजोरी भएको भने होइन ।
सचिवालयमा धेरै जनशक्ति हुने तर जिम्मेवारी लिने निश्चित व्यक्ति नतोकिँदा यस्तो हुने गरेको बालुवाटार श्रोतले बतायो । बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिने क्रममा एकैपटक दुई वटा गल्ती भएका छन् ।
प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोनसनको थिएन । यतिमात्रै होइन, ट्विटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ । ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजम्सनको हिज्जे नै गल्ति लेखिएको छ । पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ । तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि सच्याइएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन् । यिनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन । यसै कारण विदेशी सरकार प्रमुखलाई दिएको बधाईसमेत खल्लो र लज्जाबोध हुने गरेको बालुवाटारतिर नेताले गुनासो गर्न थालेका छन् ।
यस्तो गल्ति गर्नेलाई प्रधानमन्त्रीले सचेत र कारबाही समेत नगर्दा यस्तो हुने गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा पत्रकारिताका उपप्रध्यापक डा. कुन्दन अर्याल छन् । उनी प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार बिषयमा अध्यापन गराउँछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले केही समय अघि ट्वीट मार्फत छौंडा छोडेकाहरु भनी आलोचना गर्दा समेत प्रधानमन्त्रीले सचेत नगराउँदा सामाजिक संजालको प्रयोगमा अनुशासन र नैतिकता देखिएको छैन ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...