बिबादस्पद छविका एमाले नेता बस्नेतलाई हराउँदै दुर्लभ भए संघीय सांसद – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

बिबादस्पद छविका एमाले नेता बस्नेतलाई हराउँदै दुर्लभ भए संघीय सांसद

भक्तपुर – नेपाली कांग्रेसका नेता तथा जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापा भक्तपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले एमालेका नेता तथा युथ फोर्सका पूर्वअध्यक्ष बस्नेतलाई हराएका हुन् । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर विजयी भएका हुन् ।

थापाका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याएका थिए । सो क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले ६ हजार ९५४ मत ल्याएकी थिइन् । बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी ¥याली निकालेका छन् ।

नेकपा एमालेका नेता तथा बिबादस्पद छबि बनाएका बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्धभक्त नेताको रुपमा चिनिएका छन् । उनीमाथि अघिल्लो संसदका सदस्य महोत्तरीबाट निर्वाचित सांसद डा.सुरेन्द्रप्रसाद यादवलाई अपहरण गरेको आरोप लगाइएको थियो ।

तत्कालिन सांसद यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौंको म्यारियछट होटलमा बन्धक बनाएको भन्दै यादवले पछि पत्रकार सम्मेलन गरेका थिए । सो प्रकरणमा संलग्न भएको आरोप लागेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनाल पनि काठमाडौं क्षेत्र नम्वर ६ मा उम्मेदवार भइ पराजित भइसकेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर ८, १५: ०४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ मंसिर ८, १५: ०४

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर ८, १५: ०४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...