
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीविरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेपछि सूदुरपश्चिम प्रदेशको राजधानी कैलालीमा निकै सनसनी फैलिएको छ । तत्कालिन माओवादी बिद्रोहको झझल्को दिलाउने प्रयास स्वरुप नेकपा कैलालीले ‘जनअदालत’को नाममा पूर्जी जारी गर्दै राष्ट्रिय अनुसन्धान विभागका प्रहरी सहायक निरीक्षक (असई) भैरव कुँवरलाई २५ दिनभित्र कथित जनअदालतमा उपस्थित हुन भनेको छ ।
नेकपा कैलाली जिल्ला जनअदालतद्वारा जारी भएको १५ दिने पक्राउ पुर्जीमा कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुनु’ भन्ने पूर्जी जारीगरेपछि सुरक्षाकर्मीलाई चुनौति थपिएको छ । पक्राउ पुर्जी ‘जनअदालत’का प्रमुखका रुपमा ‘क.विकास’ नामका व्यक्तिले हस्ताक्षर गरी जारी गरेका छन् ।
यस्तो पक्राउ पुर्जी कुँवरको घर आसपास तथा सार्वजनिक स्थानहरूमा टाँसिएको छ ।
त्यसमा ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा जाने बाटोमा बस्ने नवराज कुँवरको छोरा, पार्वती सापकोटा (कुँवर)का श्रीमान् प्रतिवादी नेपाल सरकारको प्रहरी, राष्ट्रिय अनुसन्धान व्युरोको असई भैरव कुँवरका नाममा २५ दिने पक्राउ पुर्जी’ भनी उल्लेख गरिएको छ ।
अनुसन्धान विभागका असई कुँवरमाथि नेकपाले सुराकी, अपहरण र ज्यान मार्ने काम गरेको आरोप लगाएको छ । ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, पुर्जीमा उल्लेख छ ।
कैलालीका नेकपा कार्यकर्ता ‘तुफान’ ले असई कुँवरविरुद्ध अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुजी जारी गरिएको नेकपाको दाबी छ । पक्राउ पुर्जीसँगै नेकपाले चेतावनी पत्र पनि टाँसेको छ । जहाँ आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कार्बाही गर्ने पक्राउ पुर्जीमा उल्लेख छ । अन्यथा जुनसुकै कारबाही गर्ने चेतावनी दिइएको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...