चीन–युरोप मालबाहक रेलमा तीव्र प्रगति – Naya Bikalpa
March 28, 2024, Thursday

चीन–युरोप मालबाहक रेलमा तीव्र प्रगति

एजेन्सी । चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ ।

यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो । जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए ।

अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले २३ बटा सामुद्रिक मार्गहरू सञ्चालन गरिरहेका छन्, जुन युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका लगभग ८० सहरहरूमा पुग्ने गर्छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म, जियाङ्सु र युरोपबीचको मालवाहक रेल यात्राको सङ्ख्या १८ हजार पुगेको छ ।

यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो । जियाङ्सुको विदेश मामिला विभागका अनुसार मालबाहक रेल सेवाले क्षेत्रीयस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिएको छ । यस प्रदेशले ६४ देशसँग तीन सय ५४ अन्तर्राष्ट्रिय भगिनी साझेदारीमा हस्ताक्षर गरेको छ ।

सम्बन्धित समाचार

उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
उत्तर पुस्तिका हराएयोः त्रिविले बनायो समिति
  • २०७९ मंसिर १५, ०९: ०८

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी...

चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
चार दलबीच सत्ता सहकार्य गर्ने सहमति
  • २०७९ मंसिर १५, ०९: ०८

काठमाडौं । बागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो...

सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
सादा पोशाकका प्रहरी परिचालन नगर्न निर्देशन
  • २०७९ मंसिर १५, ०९: ०८

काठमाडौं । सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।...