नयाँ विकल्प,
काठमाडौं – आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए ।
गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ । मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
काठमाडौं : सबै संघीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको...
झापा : लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित...
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापित करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी...