राष्ट्रपतिले अध्यादेश जारी नगरे आन्दोलन गर्ने तीन पार्टीको चेतावनी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

राष्ट्रपतिले अध्यादेश जारी नगरे आन्दोलन गर्ने तीन पार्टीको चेतावनी


काठमडौँ । हालै सरकारले फौजदारी अपराध (संहिता) ऐन संशोधनका लागि गरेको अध्यादेशको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरे आन्दोलन गर्ने तीन साना राजनीतिक दलले चेतावनी दिएका छन् ।

नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र बहुजन शक्तिापार्टीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो ।

बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिश्वेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए । उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीद्वारा त्यो जारी गर्नेपर्ने बताए ।

पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिले मात्रै नपुग्ने भन्दै विनाकारण जेल,कारागारमा राखिएकालाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे । पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नामम सम्झिनु पर्ने अवस्था आउने चेतावनी दिए ।

नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैजुले जेल सजाय भोगिरहेकालाई जेलबाट रिहाइ गर्नु पर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थमा भएको बताए । सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे । अध्यादेश रोक्नाले देशमा द्वन्द्व मात्र बढाउन बताए । खम्बुले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २८, १७: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ मंसिर २८, १७: ४५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ मंसिर २८, १७: ४५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...