प्रदेश नम्वर २ का दुई सय ८० प्रहरी कारबाहीमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रदेश नम्वर २ का दुई सय ८० प्रहरी कारबाहीमा

काठमाडौं । विभिन्न तहमा कार्यरत २ सय ८० प्रहरीलाई प्रदेश २ मा कारबाही गरिएको छ । आचरण र संगठन हितविपरीत काम गरेको भन्दै एक प्रहरी नायव उपरीक्षकसहित २ सय ८० प्रहरी विभागीय कार्बाहीमा परेका हुन् ।

राम्रो काम गर्नेलाई तत्काल पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नीतिअन्तर्गत २०७५–०७६ मा उनीहरुमाथि कार्बाही गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए ।

विभागीय नियमविपरीत र अमर्यादित क्रियाकलाप गर्ने प्रहरीलाई यस्तो कार्बाही गरिएको उनको भनाइ छ । मादक पदार्थ सेवन, संगठनप्रति गैरजिम्मेवार र कर्तव्य पूरा नगर्नुका साथै अमर्यादित क्रियाकलाप गरेको भन्दै अधिकांश तल्लो तहका प्रहरी विभागीय कार्बाहीमा परेको महतोको भनाइ छ ।

प्रदेश २ को आठ जिल्लाबाट एक प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान कार्बाहीमा परेको उनले जानकारी दिए । यसैगरी, नियमविपरीत काम गर्ने तीनजना नायव निरीक्षकसहित १४ जनालाई विभागले सचेत गराएको छ भने तीन प्रहरी निरीक्षकसहित १ सय ४० जनालाई नसिहत दिइएको छ ।

कार्यालयले जनाएअनुसार विभित्र दर्जाका २१ जना प्रहरीको ग्रेड घटाइएको छ भने १२ जनाको ग्रेड रोक्का गरिएको छ । यसैगरी, २४ प्रहरीको सुरुको स्केल घटाइएको, ११ जनाको बढुवा रोक्का गरिएको, १८ जनालाई सेवाबाट हटाइएको, ३१ जनालाई निलम्बन र ९ जनालाई स्वतः निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका अधिकारीहरुले जनाएका छन ।

सो अवधिमा संगठनको अनुशासनविपरीत काम गर्ने कार्बाहीमा परेका छन् भने राम्रो काम गर्नेलाई विभागले पुरस्कृतसमेत गरेको छ । राम्रो काम गरेको भन्दै एक वरिष्ठ प्रहरी उपरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरीक्षक, ६२ हवलदार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ श्रावण २८, ०९: ११

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ श्रावण २८, ०९: ११

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७६ श्रावण २८, ०९: ११

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...