सदन चलाउन जेठो सांसदको खोजीमा संसद सचिवालय – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सदन चलाउन जेठो सांसदको खोजीमा संसद सचिवालय

काठमाडौं । सभामुख निर्वाचित गर्नुअघि संघीय संसदको प्रतिनिधि सभाको बैठक संचालन गर्न संघीय संसद सचिवालयले सबैभन्दा जेठो सांसदको खोजी गर्न थालको छ ।

प्रतिनिधि सभाबाट सभामुख निर्वाचित हुनुअघि सदनका सबैभन्दा जेष्ठ सदस्यले बैठकको अध्यक्षता र सञ्चालन गर्नु पर्ने हुन्छ ।

त्यसैले संघीय संसद सचिवालयले विहीबार निर्वाचन आयोगलाई पत्राचार गर्दै नवनिर्वाचित जेष्ठ सांसदको जन्म मिति खुल्ने कागजात सहितको विवरण बुझाउन भनेको हो ।

आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको सचिवालयले जनाएको छ ।

नागरिकता र कागजात हेर्दा माओबादी केन्द्रको चुनाव चिन्हबाट सर्लाही क्षेत्र नम्वर २ बाट निर्वाचित नेपाल समाजबादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव हुन् । तर उनले आफ्नो नागरिकतामा जन्म मिति गलत भएको भन्दै अघिल्लो प्रतिनिधि सभाको बैठकको अध्यक्षता गर्न इन्कार गरेका थिए ।

संसदमा रायले आफुभन्दा जेष्ठ सदस्य तत्कालिन राजपाका अध्यक्ष महन्थ ठाकुर भएको भन्दै सदनमा अनुपस्थित हुन थालेपछि ठाकुरे अध्यक्षता गर्ने गरेका थिए । यो पटकको सदनमा भने रायभन्दा अलि कम उमेरका पशुपति शम्शेर राणा भएको देखिन आएको छ ।

संसदमा राजमोका अध्यक्ष चित्रबहादुर केसी, लोसपा अध्यक्ष ठाकुर र राप्रपाका पूर्वअध्यक्ष राणा सबै ८० वर्ष उमेर पार गरेका पाका नेता हुन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७९ पुष १, २२: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७९ पुष १, २२: ०८

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७९ पुष १, २२: ०८

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...