
सुष्मा कोइराला हस्पिटलका निर्देशक हुन् डा.सन्तोषबहादुर भण्डारी । उनी नेपालको ग्यालेक्सी उच्च माविबाट प्लस टू पार गरेपछि एमबीबीएस पढ्न चीन गएका थिए । २००४ मा चीनबाट एमबीबीएस पुरा गरी नेपाल फकिएका हुन् । चीनबाट मैले प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता (एमएस) हासिल गरेका छन् । उनै डा. भण्डारीसँग सुष्मा काइराला मेमोरियल हस्पिटलमा केन्द्रित रहेर नयाँ विकल्पका लागि कालिका महतले गरेको कुराकानी :
तपाईंले ग्यालेक्सीबाट प्लस टु पास गरेपछि एमबीबीएस पढ्न कहाँ जानुभयो ?
ग्यालेक्सीबाट प्लस टु पास गरेपछि एमबीबीएस पढ्न चीन गएँ । एमबीबीएस सकेपछि सन् २००४ मा म स्वदेश फर्केँ । प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता हासिल गर्ने इच्छा एमबीबीएस पढ्दादेखिकै थियो । त्यो योजनामा शिक्षण पेशामा संलग्न बुवा कृष्ण भण्डारी र आमा शान्ता भण्डारीको पनि पूरापूर साथ रह्यो । नेपाल आइसकेपछि फेरि विशेषज्ञता हासिल दुई वर्ष पछि चीन गएँ । चीनबाट मैले प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीमा विशेषज्ञता (एमएस) हासिल गरेर सन् २००९ मा स्वदेश फर्केँ ।
चीनमा एमएस पढ्दा तपाईंका साथी थिए को थिए त ?
चीनमा एमएस पढ्दा मेरा साथी थिए, सुष्मा कोइराला मेमोरियल हस्पिटलमा कार्यरत एक जना चिकित्सक थिए । जो छात्रवृत्तिमा त्यहाँ पढ्न गएका थिए । ती चिकित्सकबाट मैलै सुष्मा कोइराला मेमोरियल हस्पिटलको बिषयमा जानकारी पाएका थिएँ । आगोले जलेका, दुर्घटनामा परेर अङ्गभङ्ग भएका विपन्न बिरामीको निःशुल्क उपचार हुने हस्पिटलको रूपमा आफूलाई उभ्याएको सुष्मा कोइराला हस्पिटलका विषयमा सुनेपछि मलाई पनि लाग्यो त्यही हस्पिटलमा काम गर्न पाए हुन्थ्यो । नभन्दै विशेषज्ञता हासिल गरेपछि म नेपाल फर्केपछि सुष्मा कोइराला हस्पिटलमै मैले चिकित्सकीय सेवा सुरु गरेँ । हस्पिटलमा काम गर्दा मेरा दुई वटा चाहना एकैसाथ पूरा भए, पहिलो प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जनको रूपमा अभ्यास सुरु गर्ने र अर्को विपन्न जनताको सेवा गर्ने । जेठो छोरो प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जन भएर जलेका, दुर्घटनामा परेर अङ्गभङ्ग भएका विपन्नहरूको सेवा गर्न थालेपछि आमाबुवाले आफ्ना कान्छा छोरा र छोरीलाई पनि चिकित्सक पढाउने योजना बनाएका थिए ।
अहिले कान्छो छोरा एनिस्थेसियोलोजिस्ट र छोरी स्त्री तथा प्रसूतिरोग विज्ञ भएर आफ्नो कार्य क्षेत्रमा कार्यरत छन् । तिनै छोराछोरी चिकित्सक भएपछि आमाबुवा प्रसन्न छन् । आमाबुबाको खुसीलाई आफ्नो खुसी सम्झेर खुशी लाग्छ ।
सुष्मा कोइराला मेमोरियल अस्पताला सेवा गर्न पाएकोमा सन्तुष्ट हुनुहुन्छ ?
सुष्मा कोइराला मेमोरियल अस्पताल परिवारको सदस्य भएर सेवा गर्न पाउँदा खुशी लागेको छ । अस्पतालमा मात्र नभएर देशका दूरदराजमा आयोजना हुने सर्जिकल शिविरमार्फत सेवा गर्न पाउँदा खुशी लागेको छ । चिकित्सा पेशा भनेकै सेवामूलक हो । तर, गैरनाफामूलक हस्पिटलमा विपन्न बिरामीको निःशुल्क उपचार गर्न पाउँदा मैले पाउने खुसी सबै चिकित्सकले पाउन सकेका छैनन् भन्ने लाग्छ ।
सुष्मा कोइलाला मेमोरियल अस्पतालमा काम गर्दा चाहीं किन खुशी हुनुहुन्छ ?
यस अस्पतालमा उपचार सेवा प्रदान गर्नुका साथै धेरै कुरा सिक्ने मौका पनि पाएको छु । इन्टरप्लास्ट जर्मनीको सहयोगमा सञ्चालित यो अस्पतालमा बेलाबेलामा जर्मनबाट विशेषज्ञहरूआउने गरेका छन् । उनीहरूले प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरीसम्बन्धी जटिलभन्दा जटिल शल्यक्रिया आधुनिक प्रविधिमार्फत गर्दै आइरहेका छन् । उनीहरूले जटिल शल्यक्रिया गर्दा नेपाली चिकित्सकहरूलाई पनि संलग्न गराएर नयाँ प्रविधिबाट शल्यक्रिया गर्न सिकाउँदै आइरहेका छन् । उनीहरूबाट आफूले सर्जरीका आधुनिक प्रविधि र त्यसको प्रयोग गरेर शल्यक्रिया गर्न पाइएको छ । मेरा लागि यो ठूलो मौका हो । अन्य अस्पतालमा भए यो अवसर मैले पाउने थिइँन । सिनियर नेपाली चिकित्सकहरूबाट पनि आफूले धेरै कुरा सिक्ने मौका पाएको म खुसी छु । मैले यो अस्पतालमा जति सेवा गर्दै गएँ, त्यति नै सिक्दै जाने मौका पनि पाएको छु ।
तपाईंले सुष्मा कोइराला मेमोरियल हस्पिटलमा सेवा थाल्नुभएको कति वर्ष भयो ?
म सुष्मा कोइराला मेमोरियल हस्पिटल प्रवेश गरेको अहिले ११ वर्ष भयो । अहिलेसम्म करिव ६ हजार प्लास्टिक, रिकन्स्ट्रटिभ एन्ड कस्मेटिक सर्जरी गर्न भ्याइसकेको छु । यसको अर्थ हो मैले ६ हजार व्यक्तिको मुहारमा खुसी ल्याएको छु । यो अवधिमा यो संख्या ठूलो हो । त्यसमा पनि विशेषगरी देशका कुनाकन्दराबाट आएका विपन्न व्यक्तिहरु धेरै छन् । आगोले पोलिएकामध्ये कत्तिको अनुहारमा हाँसो फर्काउन सफल भइयो भने हात गुमाएकाहरूको हात बनाएर चल्ने बनाइएको छ । काम गर्र्दागर्दै अस्पतालले मलाई हस्पिटलले ह्यान्ड एन्ड माइक्रो सर्जरीमा सुपरस्पासियालिटी पढ्न छात्रवृत्तिमा भारत पठायो । भारतको तमिलनाडुको गंगा मेडिकल कलेजबाट ह्यान्ड एन्ड माइक्रो सर्जरीमा सुपरस्पासियालिटी अध्ययन सकेर स्वदेश म फर्किएँ । यो उच्च अध्ययनले मलाई र हस्पिटलमा आउने बिरामीलाई निकै फाइदा मिल्यो । आफूले सिकेको सीपको प्रयोग गर्दै रिप्लान्टेसन सर्जरी गर्न सफल भएँ । किनकि नेपालमा जलेर अङ्गभङ्ग हुने घटना पछि विभिन्न मेसिनमा काम गर्दा हात खुट्टाका औंलालगायतका अंग गुमाउनेको संख्या पनि ठूलो छ ।
अहिले सुष्मा कोइराला मेमोरियल हस्पिटलको मेडिकल डाइरेक्टरमा नियुक्त हुनुभयो कस्तो लागेको छ ?
आफ्नो सीप र क्षमताले भ्याएसम्म काम गर्दै जाने क्रममा ११ वर्षमै म यस सुष्मा कोइराला मेमोरियल हस्पिटलको मेडिकल डाइरेक्टर नियुक्त भएको छु । म भरखरै यस अस्पतालमा मेडिकल डाइरेक्टर नियुक्त भएको हुँ । यस अस्पतालमा ५ कस्सल्टेन्ट, १५ जना नर्सिङ स्टाफ गरी हस्पिटलमा अहिले ६१ जना कर्मचारी कार्यरत छन् । आत्मसन्तुष्टि नै आफ्नो अहिलेसम्मको असली कमाइ हो । मेडिकल डाइरेक्टर भएपछि आफूमा थप जिम्मेवारी आएको महसुस गरेको छु । यो जिम्मेवारीलाई पनि सहज रूपमा पार लगाउन दृढ संकल्पित गर्छु । सुष्मामै काम गर्दा देशका कुनाकप्चा पुगेर शिविर चलाउँदा देश बुझ्न पाएको छु । सर्जिकल शिविर चलाउँदा पोलिएका, अङ्गभङ्ग भएका, खुडे व्यक्तिको निःशुल्क सेवा प्रदान गर्दा आफूलाई चिकित्सक भएकोमा गर्व महसुस हुने गरेको छ ।
सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग राजनीतिक सम्बन्ध छ, त्यहाँ काम गर्दा आफूलाई कत्तिको निष्पक्ष ठान्नुहुन्छ ?
सुष्मा कोइराला मेमोरियल हस्पिटलसँग राजनीतिक र ऐतिहासिक दुवै सम्बन्ध जोडिएको छ । साथै भावनात्मक पक्ष पनि उत्तिकै बलियो छ । राजनीतिक घरानाको नाम जोडिएको यो अस्पतालले उद्देश्यअनुसार सेवा गरिरहेको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाकी धर्मपत्नी सुष्मा कोइरालाको देहावसान जलेका कारण भएको थियो । कुनै पनि बिपन्नको जलेको उपचार नपाएर ज्यान जान नपाओस् र त्यो व्यक्तिले समाजमा आत्मसम्मानका साथ जिउन पाओस् भन्ने महान् उद्देश्य राखेर उनै सुष्मा कोइरालाको स्मरणमा यो अस्पताल खोलिएको हो । गैरनाफामूलक संस्थाको रूपमा सुष्मा कोइराला मेमोरियल ट्रस्टको स्थापना सन् १९९० मा भएको थियो । नेपाली जनतालाई प्लास्टिक तथा रिकन्सटक्टिभ सर्जरी सेवा उपलब्ध गराउने उद्देश्यले सन् १९९७ देखि सुष्मा कोइराला मेमोरियल अस्पताल सञ्चालनमा आएको हो ।
जोखिममा परेका विरामीको उपचार गर्नुपर्छ आवश्यक सामग्रीको उपलब्धता कस्तो छ ?
काठमाडौंको पूर्वपट्टी १८ किलोमिटरको दूरीमा शंखरापुर नगरपालिका वडा ६ मा अवस्थित यस हस्पिटलमा अत्याधुनिक प्रविधिका सामानसहितको दुई वटा मेजर अपरेसन थियटर, प्लास्टिक तथा रिकन्सटक्टिभ सर्जरी तथा ओपीडी, २४ सै घण्टा सञ्चालित इमरजेन्सी, एम्बुलेन्स तथा एक्स—रे सेवा, अर्थोपेडिक सर्जरी तथा ओपीडी सेवा, डेन्टल क्लिनिक, गाइनेकोलोजी सेवा, फिजियोथेरापी सेवा, भिडियो एक्सरे, मर्चरी कक्ष, इन्सिनरेटर सुविधा उपलब्ध छ । दुई शय्याको बर्न आईसीयू पनि राम्रो व्यवस्था छ ।
यस सुष्मा कोइराला मेमोरियल अस्पतालमा अहिलेसम्म कतिजति बिरामीहरुले सेवा पाइसेका छन् ?
स्न १९९७ देखि सन् २०१९ सम्म जम्मा २ लाख २५ हजार जना बिरामीहरूले सर्जरी, मेडिकलर डेन्टलसम्बन्धी सेवा यस अस्पतालबाट प्राप्त गरेका छन् । हस्पिटलले देशका ३५ वटा जिल्लाहरूमा सफलतापूर्वक घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरिसकेको छ । उक्त शिविरमा १५ हजारभन्दा बढीले सेवा पाएका छन् । दूरदराजका विपन्न जलेका र अंगभंग भएका बिरामीले सहज उपचार पाउन भन्ने मुख्य उद्देश्यले खोखिएको अस्पताललाई जर्मनीको इन्टरप्लास्टले सहयोग गर्दै आइरहेको छ स्थापनाकालदेखि नै । इन्टरप्लास्टले अस्पताल सञ्चालन खर्चका साथै यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई बेलाबेलामा विदेशमा पढ्न र आधुनिक सीप सिक्ने विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । फलस्वरूप यहाँ कार्यरत अधिकांश चिकित्सकले छात्रवृत्ति पाएका छन् ।
पहिला यो अस्पतालको व्यवस्थापनसमेत जर्मनहरूको हातमा थियो नि अहिले के छ ?
पहिला यो अस्पतालको व्यवस्थापन जर्मनहरुको हाता थियो । तर, पछि विस्तारै नेपालीहरूलाई नै दक्ष बनाएर व्यवस्थापनको जिम्मा नेपालीलाई नै सुम्पेको छ । नेपालमा जलेका र यसका कारण हुने अङ्गभङ्ग भएका व्यक्तिको उपचारका लागि विशेषज्ञसहितको कुनै सरकारी अस्पताल नेपालमा छैन । जबकि बर्सेर्नी ५० हजारभन्दा बढी मानिस आगो, तातोपानी अथवा विभिन्न कारणले जल्ने गरेका छन् । त्यसरी पोले, पोलिएका व्यक्तिहरु धेरैजसो विपन्न वर्गका छन् । पोलिनेमध्ये धेरैजसो आगोकै कारण बढी हुन्छन् । खाना पकाउने काममा महिला नै बढी हुने भएकाले आगोले बढी पोलिनेमा महिला नै बढी छन् । महिलाले लगाउने सारीले आगो चाँडो टिप्ने भएकाले बढीजसो खाना पकाउने बेला आगोले पोलिने गरेको पाइएको छ । सुष्मा कोइराला हस्पिटलको पहलमा बल्ल गत वर्षदेखि नेपाल सरकारले थोरै सहयोग दिन थालेको छ । गत वर्ष ३० लाख रुपैयाँ दिएकोमा यो वर्ष अनुदान स्वरूप ६० लाख दिएको छ । सरकारले दिएको ६० लाख रुपैयाँको १६ वर्ष मुनिका पोलिएका बच्चाहरूको निः शुल्क उपचार गर्ने गरिएको छ । सुष्मा कोइराला हस्पिटलले बेलाबेलामा देशका दूरदराजमा आयोजना गर्ने शल्यक्रियासहितका शिविरले जलेर अङ्गभङ्ग भएर उपचार नपाएका हजारौं विपन्नले निःशुल्क उपचार पाएका छन् । अनुहारमा नयाँ हाँसो पाएका छन् । नयाँ जिन पाएका छन् । समाजबाट खोसिएको आत्मससम्मान पाएका छन् ।नयाँ विकल्प साप्ताहिकबाट
diariovivo.es permite retirar hasta 10.000 € diarios y mantiene el chat en vivo abierto antes y después del registro, pero...
Regulars at Gransino have more than one way to keep a bonus running: a weekly reload of 50% up to...
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग...