
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकलाई पीतृशोक परेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकका पिता प्रयागदत्त लेखकको ८७ वर्षमा निधन भएको छ ।
दशरथ चन्द न.पा. ४, बैतडीमा जन्मिएका लेखक हाल बेतपुर न.पा. वडा नं. ८, कञ्चनपुरमा बस्दै आएका थिए । स्वर्गीय लेखकले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरहादुर देउवाले निकालेको शोक वक्तव्य लेखकको गहिरो दुःख व्यक्त गरेका छन् । साथै स्वर्गीय लेखकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्ति कामना गर्दै केन्द्रीय सदस्य रमेश लेखक लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।’
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...