प्रचण्ड नेतृत्वको पहिलो बैठकमै बोल्न प्रतिबन्ध – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

प्रचण्ड नेतृत्वको पहिलो बैठकमै बोल्न प्रतिबन्ध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष मध्ये पहिलो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर सिंगारपुर अस्पतालमा औषधी उपचार गराईरहेका छन् । आफू सिंगापुर रहुन्जेल पार्टीको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी सुम्पेका कारण पार्टी एकीकरण भएको पन्ध्र महिनापछि पहिलो बैठक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सचिवालयको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो ।

उक्त बैठकमा आफ्ना नेता तथा कार्यकर्ताका बारेमा जथाभावी बोल्न र सामाजिक सञ्जालमा कुनैपनि टिप्पणी गर्न नपाईने र त्यसो गरेमा कार्वाही समेत हुने कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पश्चात् जानकारी दिए । यसभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको भनाभन सार्वजनिक रुपमा छताछुल्ल भएको थियो ।

पन्ध्र महिनापछि सचिवालयको अध्यक्षता गरिरहेका पुष्पकमल दाहालले पार्टीभित्र बढ्दै गएको असन्तुष्टिलाई मत्थर पार्न नेता तथा कार्यकर्तालाई जथाभावी बोल्न रोक लगाएका हुन् । पार्टी एकीकरण पश्चात् पार्टीभित्रका आन्तरिक कुरा नेताहरुबाटै सामाजिक सञ्जालमा व्यापक रुपमा आउने गरेको थियो ।

पछिल्लो समय वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको वरियताक्रमलाई घटुवा गरेपछि पार्टीभित्र सित युद्धनै सुरु भएको थियो । पुष्पकमल अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पहिलो बैठकले गरेको निर्णयका कारण अब पार्टी कार्यकर्ताले पार्टीभित्रका असन्तुष्टी समेत बाहिर पोख्न प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७६ भाद्र ९, ०८: ३३

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७६ भाद्र ९, ०८: ३३

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७६ भाद्र ९, ०८: ३३

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...