प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण चैतअघि नहुने संकेत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण चैतअघि नहुने संकेत


काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण आगामी चैत महिनाअघि नहुने भएको छ ।

गत पुस १० गते गते प्रधनमन्त्रीमा नियुक्त भएका प्रचण्ड मुलुकमा राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन् ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए । ‘विदेश सचिव क्वात्राले भारत भ्रमणको विषयमा चर्चा गदैंै भारत भ्रमणको निम्तो प्रधानमन्त्री प्रचण्डलाई दिएका छन् ।

नेपालमा राजनीतिक स्थिरता कायम नभएको भन्दै प्रधानमन्त्री दाहालले राष्ट्रपतिको चुनावपछि मात्र भ्रमणको मिति तय हुने जनाइएको छ । नेपालमा आगामी फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । त्यसअघि फागुन १३ मा राष्ट्रपतिमा मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

राष्ट्रपतिको उम्मेदवार को बन्ने भनेर राजनीति गर्माएको छ । कतिपयले राष्ट्रपतिको विवादले सत्ता समीकरण फेरबदल हुने आशङ्का समेत गर्दै आएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोनमा बधाई तथा शुभकामना दिँदै भारत भ्रमणका लागि निम्तो दिएका थिए । त्यसको दुई तीन दिनपछि प्रधानमन्त्री प्रचण्डले स्वयं आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुनसक्ने बताएका थिए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २, १६: ५८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २, १६: ५८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २, १६: ५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...