
काठमाडौं । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनामै खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालय र मातहतका निकायले प्रवाह गरेको सेवा कति प्रभावकारी छ भनेर मापन गर्न गुनासो सुनुवाईको सेवा प्रारम्भ गरेका छन् ।
खानेपानी मन्त्रालयमा विहीबार आयोजित विशेष कार्यक्रममा मन्त्री खानले मन्त्रालय र मातहतका कार्यालयले गरेको काम वा सेवाका विषयमा कुनै गुनासो वा टिप्पणी भएमा टोल फ्रि नम्वर ११७१ मा देशका जुनसुकै क्षेत्रका सेवाग्राहीले फोन गर्न सक्ने बताए ।
‘अन्य मन्त्रालयले धुमधामसँग गुनासो सुनुवाई सेवाको प्रारम्भ गरे पनि त्यसलाई निरन्तरता दिन नसकेको भनेर टिप्पणी गरिए पनि म यसलाई निरन्तरता दिन भनेर क्रियाशिल भएको छु,’ मन्त्री खानले भने, ‘आफूले मन्त्रालयमा नीजि कम्पनीले उत्पादन गरेको बोतलको पानी प्रयोगलाइै हटाएर देखाएको छु।’
मन्त्री खानले सुन्दरी जलमा आएको मेलम्चीको पानी प्रयोगशालामा परिक्षण गरी पिउनयोग्य भएको प्रमाणित भएकाले अब मेलम्चीको पानीलाई जारमा भरेर वा सिंहदरबारका धाराबाट सिधै प्रयोग गर्नु पर्नेमा जोड दिए । उनले सिंहदरबार, सार्वजनिक स्थल र वसपार्क क्षेत्रमा निशुल्क शुद्ध पिउने पानीको प्रवन्ध गर्न मन्त्रालयले तयारी गरेको बताए ।
‘हाम्रो लक्ष्य नेपालमा उत्पादन गरेको पानी साउदी, दुवई र कतार जस्ता धेरै नेपाली कामदार रहेको देशमा आपूर्ती गर्ने रहेको छ’, मन्त्री खानले भने, ‘पाँच रुपैयाँको पानी २५ रुपैयाँ वा पाँच सयमा बिक्री गर्ने पानी माफिया तन्त्रको अन्त्य गर्नेछु ।’
मन्त्रालयका सचिव ईन्जिनियर मणिराम गेलालले मन्त्रालय र मातहतका निकायका विषयमा कसैले पनि गरेको गुनासोको टिपोट गरी सम्वन्धित निकायका अधिकारीबाटै जवाफको व्यवस्था गरिएको, कार्यालयमा समयमा टोल फ्रि नम्वर उठेपछि कार्यालय नलागेको समयमा भ्वाईस रेकर्ड गरिने व्यवस्था भएको जानकारी दिए ।
मन्त्री खानले सरकारी चाल खर्च घटाउन काठमाडौंका सरकारी कार्यालयलाई बोतलको पानीको सट्टा मेलम्चीको पानी प्रयोग गर्न प्रोत्साहित गर्ने बताए । सचिव गेलालले त्यसका लागि जारको पानि वितरण वा धाराको सुविधा चाँडै उपलब्ध गराउने योजना भएको बताए ।
भए पनि आफू त्यसतर्फ
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...