
काठमाडौं – अभिनेतृ तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय साईवर ब्युरोले सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएर चर्चा कमाएका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।
केही साता अघि युट्यूवमा अभिनेत्री मानन्धरको विषयमा ‘अनाबश्यक’ बोलेको तथा चरित्रमाथि प्रश्न उठाउँदै अभिव्यक्ति दिएको अभियोगमा युट्युबर खनाल पक्राउ परेका हुन् । खनालले मानन्धर अमेरिकामा हुँदा ‘लिभिङ टुगेदर’मा वसेको भन्दै नेपालका एक चर्चित नेतासँग नाम जोडेर अभिव्यक्ति दिएका थिए ।
केन्द्रीय साइबर ब्युरोले माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी बताएको छ ।
नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए। विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने व्युरोले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...