
संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री सुदन किराँतीले आगामी दिनमा नेपालको लागि कतै नक्कल नगरिएको मौलिक पर्यटनमा जोड सरोकारवालासँग आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार यहाँ आयोजित ‘नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य’ बिषयक कार्यशालामा मन्त्री किराँतीले यस्तो आग्रह गरेका हुन्।
उनले पर्यटन क्षेत्रको विकासको लागि नीतिगत व्यवस्था तथा नीजि क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
विदेशस्थित नेपालका पूर्वराजदूतहरुले नेपालको पर्यटन प्रर्वद्धनको लागि पूर्वाधारको विकाससँंगै देशको ब्राण्डिङ गर्नु पर्नेमा जोड दिए। उनीहरुले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेपनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेशस्थित नेपाली दुतावास, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा गैरआवासयि नेपाली संघबीच समन्वयको खाँचो आंैल्याए।
पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले संसोधनपछि कुटनीतिक क्षेत्र तथा व्यवसायीहरुका माग सम्बोधन हुने बताए ।
पूर्वराजदूतहरु डा. सुरेशचन्द्र चालिसे, मोहनकृष्ण श्रेष्ठ, मधुरमण आचार्य, लक्की शेर्पा, डा. अन्जान शाक्य, रमेश कोईराला, पद्युम्नविक्रम शाह, युवनाथ लम्साल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपुर्ण क्षेत्र भएको जनाउँदै देश अन्ुसार बजारीकरणको रणनीति तय गर्न मनत्रालय र बोर्डलाई सुझाव दिए ।
नेपालको पर्यटन प्रवद्र्धनका लागी विभिन्न देशमा रहेर काम गर्दाका अवसर, चुनौती र समन्वयमा भएको कमीलाई समेटेर समग्र नेपालको पर्यटन प्रवद्धनमा अगाडि बढ्न सहज हुने अपेक्षाले कार्यक्रम गरिएको एनआरएनए, नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए ।
कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रर्वद्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्धार प्रणालीमा जोड दिए।
कार्यक्रम पश्चात नेपालको पर्यटन प्रर्वद्धनका लागि समन्वय र सहकार्य लागि १० बूदें घोषणा पत्र समेत जारी गरिएको युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजम दीपेश शाक्यले जानकारी दिए ।

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...