
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कसलार्ई उठाउने भनेर सरहमति जुटाउने उदेशयले भेटघाट भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए ।
दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच भइरहेको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
अध्यक्ष अोलीले पूर्वसहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने भन्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले भने सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।
यसअघि पनि उनीहरुको बीचमा पटक पटक छलफल भएको थियो । तर दुवैजना आआफ्नै अडानमा रहेका कारण सहमति हुन सकेको छैन ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...