
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार बन्न प्रस्ताव आएमा स्वीकार्ने निर्णय गरेको छ ।
बुधबार पार्टीको मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष नेपालले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता र पछिल्लो राजनीतिक घट्नाक्रमबारे सचिवालय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।
ब्रिफिङका क्रममा अध्यक्ष नेपालले ओली र आफूबीच चार घण्टा कुराकानी भएपनि ओलीले राष्ट्रपतिबारे उच्चारण नै नगरेको बैठकमा बताएको सम्मानित नेता झलनाथ खनालले बताए ।
ओलीसँगको भेटमा अध्यक्ष माधव नेपालले आफूलाई राष्ट्रपतिमा प्रस्ताव गरेको भनेर केही पनि नभन्नु भएको नेता झलनाथ खनालले बताए । नेता नेपाललाई एकीकृत समाजवादीका नेताले राष्ट्रपतिमा ओलीले प्रस्ताव गरेका समाचारहरू आइरहेका बारे जानकारी माग गरेका थिए ।
त्यसको जवाफ दिँदै नेता नेपालले अहिलेसम्म राष्ट्रपतिका लागि ओलीले कुरै नगरेको बरु पार्टी मिलाउनतिर जोड दिएको बताएका थिए । राष्ट्रपतिमा प्रस्ताव आएमा पार्टीबाट कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा पुन छलफल गर्ने निर्णय भएको एक सदस्यले बताए ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...