प्रदेश १ को नाम ‘कोशी’ राख्न एमालेको प्रस्ताव कांग्रेसको समर्थन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रदेश १ को नाम ‘कोशी’ राख्न एमालेको प्रस्ताव कांग्रेसको समर्थन

विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरु सहमति नजिक पुगेका छन्। एमालेका एक सांसदले गरेको प्रस्तावलाई नेपाली कांग्रेसका एक सांसदले सहमति जनाउँदै प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेश संसदको सचिवालयमा दर्ता भएको छ ।

नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रदेश १ को नाम ‘कोशी’ प्रदेश राख्न गरेको प्रस्तावलाई आज (बुधबार) प्रदेश १ को प्रदेश सभा सचिवालयमा दिउँसो १२ बजे दर्ता गरिएको हो। इलाम क्षेत्र नम्वर २ ‘ख’बाट निर्वाचित मगरले प्रदेशको नाम ‘कोशी’ राख्न गरेको प्रस्तावलाई नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भुमिप्रसाद राजवंशी, एमालेका विदुर मगर लिङ्थेप र निरन राई समर्थक रहेका छन् ।

मगरले ‘प्रदेशमा विकसित भएको हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृतिलाई समेत समेटेर’ प्रदेशको नाम कोशी राख्नु उपयुक्त हुने दाबी गरेका छन्।

उनले कोशी र यसका सहायक नदीहरुको ऐतिहासिक धार्मिक, सामाजिक सभ्यता र संस्कृतिको विकास भएकाले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभिाग कोशी नदी प्रवाहको क्षेत्र भित्रकै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि जोडिएकोले यो प्रदेशवको नाम ‘कोशी ’राख्न उपयुक्त ठानिएको भनी आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।

कांग्रेस र एमालेका सांसदहरुको यस्तो प्रस्तावप्रति राप्रपा सकारात्मक छ तर उसले कुनै औपचारिक प्रतिक्रिया भने जनाएको छैन् । नेकपा माओदी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले भने फरक मत राखेका छन्। ठूला दल भूगोलका आधारमा कोसी राख्न सहमति नजिक पुगेपछि माओवादीसहितका तीन दलले पहिचानसहितको छुट्टै नाम टेबल गर्ने तयारी गरेको छन्।

कांग्रेस, एमाले कोशी नाम राख्ने विषयमा सहमत भए पनि माओबादी , नेकपा एस र जसपा भने पहिचानसहितको छुट्टै नामका छलफलका लागि टेबल गर्ने तयारीमा छन् । स्रोतका अनुसार माओबादी केन्द्रले सो नामप्रति पूर्ण समर्थन नजनाए पनि आलोचनात्मक समर्थन गर्ने भएको छ ।
नेकपा एस र एकिकृत समाजबादीले भने किराँत, लिम्बुवान किराँत र कोशी किराँत मध्ये एउटा नाम लैजाने तयारी गरेका छन् । नेकपा एमाले प्रदेश १ को नाम कोशी राख्नु पर्ने पक्षमा छ। प्रदेशसभाको पहिलो कार्यकालमा पनि एमालेले कोशी राख्न प्रस्ताव गरेको थियो। एमालेले प्रस्ताव गरेको नाममा नेपाली कांग्रेस पनि सहमत छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘जुन नाममा अधिकत सहमति हुन्छ, त्यही नाम पास गर्नुपर्छ ।’ उनको संकेत कोशी प्रदेशमा थियो । कांग्रेसले यसअघि पनि नाममा स्पष्ट अडान नराखेको बताउँदै उनले आएका नाममा अधिकतम सहमति खोजेर पारित गरिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पार्टी पहिचानको पक्षमा रहेको बताए । ठूला दलले भूगोललाई आधार मानेर नाम ल्याउन खोजेको उनको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । ४० सिटको नेकपा एमाले र २९ सिटको नेपाली कांग्रेस एक ठाउँमा उभिदा दुई तिहाइ पुग्छ । कांग्रेस एमालेले भूगोलका आधारमा नाम पारित गर्ने तयारी गरेपछि पहिचानसहितको नाम छलफलका लागि प्रस्ताव गर्ने माओवादीका एक सांसदले बताए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन १७, १६: १९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १७, १६: १९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १७, १६: १९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...