
काठमाडौँ । राष्ट्रपतिको लागि विहीबार हुने निर्वाचनमा उम्मेदवार भएकामध्ये कसलाई भोट हाल्ने भन्ने निर्णयमा ढिलाई गर्दा राष्ट्रिय स्वतन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका दलले मत दिने उम्मेदवारको पक्षमा खुल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि नै निर्वाचन आचारसंहिता लागू गराएपछि रास्वपा, राप्रपा, नेमकियासहितका ५ दलले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये कसलाई भोट दिने भनेर हालसम्म औपचारिक निर्णय नगरेका कारण अब औपचारिक निर्णय गरी सार्वजनिक गर्न नपाउने भएका हुन्।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र र सुभाषचन्द्रमध्ये सलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिन राप्रपाले मंगलबार दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । रास्वपाले केन्द्रीय समितिको बैठक बोलाए पनि निर्णय गर्न सकेको छैन् । रास्वपामा अध्यक्ष रवी लामिछानेले निर्णय लिने र त्यसालाई बैठकमा औपचारिकतका लागि सुनाउने प्रचलन छ।
राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्रलाई १० दलको समर्थन छ। कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेसपा र आम जनता पार्टी गरी १० दलले संस्थागत रूपमा पौडेललाई मत दिने निर्णय गरिसकेका छन् ।
एमालेले पौडेलविरुद्ध पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मैदानमा उतारे पनि उनलाई मौनअवधिसम्म एमालेबाहेकका दलको समर्थन छैन्। राष्ट्रपतिका दुई उम्मेदवार पौडेल र नेम्वाङमध्ये कसलाई मत दिने भनेर राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले निर्णय गरिसकेका छ्रैनन्।
रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले पनि २५ गते विहान बैठक बसेर निर्णय लिने बताएका छन्। फागुन १७ गतेबाट राष्ट्रपति निर्वाचनको आचारसंहिता लागिसकेकोले अब कुनै पनि राजनीतिक पार्टीले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन नपाउने निर्वाचन आयोगले जनाएको छ । ति दलहरुले राष्ट्रपतिको कुन उम्मेदवारलाई मत दिने भनेर प्रचार समेत गर्न मिल्दैन ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...