
काठमाडौं । ११ महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका बालेन साहका कट्टर आलोचक एमाले नेता महेश बस्नेतसँग महानगर प्रमुख बालेन साहले बुधबार लन्च मिटिङगरेका छन्।
महानगर प्रमुख साह एमाले नेता बस्नेतलाई भेट्न बुधबार बिहान भक्तपुरस्थित बस्नेत निवास पुगेका थिए । मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरी सँगै खाना खाएर फर्किएका थिए ।
विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताए । उनले भने, ‘उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो । विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔं भन्नुभयो।’
मेयर बालेन भक्तपुर पुगेर विभिन्न योजनाको निरिक्षण गरेर बस्नेतकै घरमा सँगै खाना खाएको पनि बस्नेतले जनाए । मेयर बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको नेता बस्नेतले बताए।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...