काठमाडौं महानगरपालिका कमलादीस्थित काठमाडौं प्लाजामा सर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं महानगरपालिका कमलादीस्थित काठमाडौं प्लाजामा सर्ने

काठमाडौं । राजधानीको बागदरबार र सुन्धारासहित विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै गरेको काठमाडौं महानगरपालिका नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजामा सर्ने भएको छ ।

महानगरवासीलाई सबै सेवा एकै ठाउँबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरिएको छ । महानगरपालिकाका अनुसार यही महिनाभित्र प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ।

महानगरका विभिन्न १६ वटा विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरका सूचना अधिकारी वसन्त आचार्य बताउँछन्। यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा महानगरलाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी गरेको आचार्यले जनाए।

बागदरबारमा मुख्य कार्यालय रहेको महानगरले ०७२ को भूकम्पमा भवन जीर्ण भएपछि धेरैसजो कार्यालयहरु स्थान्तरण गरिएको थियो । महानगरको अहिले मुख्य कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ।

सम्बन्धित समाचार

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ फाल्गुन २४, १५: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २४, १५: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २४, १५: ४९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...