आोलीकै लयमा राष्ट्रियसभा अध्यक्षले भने ‘सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरकै अभ्यास’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आोलीकै लयमा राष्ट्रियसभा अध्यक्षले भने ‘सरकार अप्ठ्यारोमा पर्दा संसद विघटन गर्ने संसारभरकै अभ्यास’

काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा नेपालको राजनीतिमा सरगर्मी बढी रहेको बेला राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्रतिनिधि सभा जतिबेला पनि विघटन हुन्छ’ भन्ने भनाईलाई समर्थन गर्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।

कुनै पनि राजनीतिक दलको पक्षधरता नलिई साझा र तठस्त भूमिका निर्वाह गर्नु पर्ने राष्ट्रिय सभाको अध्यक्ष जस्तो संवैधानिक पदको गरिमालाई ख्याल नगरी अध्यक्ष तिमिल्सिनाले सरकार अप्ठायरोमा पर्दा संसद विभटन गर्ने संसारभरकै प्रचलन भएको बताएका हुन् ।

बुधबार पारिवारिक निजी वन संघ नेपालको ९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताए।

उनले दलहरु आफू ठिक ढंगले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने बताए। सरकार अफ्ठयारोमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उनको तर्क थियो।

उनले नेपालमा विगतमा पटकपटक ससद विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभास भइरहेको स्वीकारे । उनले सरकार सञ्चालन गर्नेहरूले ढंग पु¥याएर संसद् चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खोज्ने बताए ।

सरकारले केही गर्न नसक्ने अवस्था सिर्जना हुँदा संसद् विघटन गरी जनतामा जाने कुरालाई राजनीतिक दलहरूले नै अन्देखा गर्ने गरेको बताए।

उनले केही राजनीतिक दलहरूले संसद् विघटन नगर्ने कुरालाई सबैभन्दा ठूलो क्रान्तिकारी र परिवर्तनगामीका रूपमा लिइरहेको भन्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी दिएको आदेशको विपक्षमा मत राखे ।

संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा गर्दा भागबण्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र जनतामा जाने कुरालाई बेवास्ता गर्ने गरेको भन्दै वर्तमान सत्ता गठबन्धन दलको विपक्षमा अभिव्यक्ति दिएका छन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २४, १६: ५२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २४, १६: ५२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २४, १६: ५२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...