
काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति भए पनि सो दलबाट दुई जनाले उम्मेदवारी दिएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जसपा संसदीय दलका नेता सामेत रहेका सांसद रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका हुन्।
नेपाली कांग्रेस, माओवादी र नेकपा एसका नेताहरु जसपाका नेता रामसहाय यादवको प्रस्तावक र समर्थकमा बसेका छन्। उनको प्रस्तावकमा जसपाका अशोककुमार राई र प्रदीप यादव, नेकपा एकिकृत समाजबादीका किसान श्रेष्ठ, माओबादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी रहेका छन्।।
रामसहायको समर्थकमा रेखा यादव र अम्बिका काफ्ले तथा नेकपा एसका प्रकाश ज्वाला र भानुभक्त जोशी र स्वतन्त्र खिमलाल देवकोटा बसेका छन्।
जसपाकी नेतृ प्रमिला यादवको प्रस्तावकमा सोही पार्टीका मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा कांग्रेसका अनिता देवकोटा, सीता गुरुङ, जसपाका विरेन्द्र महतो, मनिस सुमन र सुशीला श्रेष्ठ रहेका छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...