
काठमाडौं । उपराष्ट्रपतिमा सत्तारुढ २ दलले तीन र विपक्षी नेकपा एमालेले एक जना उम्मेदवार खडा गरेको छ । सत्ता गठबन्धनको तर्फबाट जनता समाजबादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता रामसहाय यादव र प्रमिला यादव उम्मेदवार बनेका छन् भने जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन्।
उपराष्ट्रपतिमा एमालेले भने बागमति प्रदेशकी पूर्वमुख्यमन्त्री तथा एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ।
सत्ता गठबन्धनबाट जसपा नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो। प्रमिला यादवको प्रस्तावकमा जसपाका सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन्। उनको समर्थकमा कांग्रेसकी अनिता देवकोटा रसीता गुरूङ तथा विमला सुवेदी, जयन्ती राई र मनिष सुमन छन्।
रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई र प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन्। समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा जनमत पार्टीका सांसद तथा खानेपानी मन्त्री अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन्।
ममता झाको समर्थकमा गोमा लाभ सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन्।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन्।
चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति निर्वाचनको कार्यालय स्थापना गरिएको छ। आज उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नेहरुको सूची तीन बजे दिउँसो नै प्रकाशन भइसकेको छ। उम्मेदवारको विरोधमा उजुरी दिने समय आज साँझ ६ बजेसम्म रहेको छ ।
मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही भाृदप् फागुन २८ गते १२ बजेसम्म हुने र उम्मेदवारको नामावली प्रकाशन १ बजेसम्म हुने भएको छ । भोली ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय निर्धा।रण गरिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि ५ बजेसम्म हुने भएको छ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...