
काठमाडौँ । नेपाली काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेको हो। आज बिहान १ बजेबाट उपराष्ट्रपति निर्वाचनका कारण मौन अवधि शुरु भएको छ।
बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ। संघीय संसद्का सदस्य एवम् प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा मत दिन पार्टी संसदीय दलले निर्देशन समेत दिने भएको छ ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धन दलको तर्फबा उम्मेदवार भएका रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने निर्णय कांग्रेसले गरे पनि जनमत पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले भने जनमत पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी ममता झालाई मत दिने निर्णय गरेका छन् ।
राष्ट्रपतिमा समेत उम्मेदवार उठाएको नेकपा एमालेले भने पार्टी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...