आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसलाई सोध्यो स्पष्टिकरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसलाई सोध्यो स्पष्टिकरण

काठमाडौं । उपराष्ट्रिपति निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई आचारसंहिता उल्लङ्घन भएको विषयमा लिखित जवाफ मागेको छ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा कांग्रेसको पदाधिकारीको बुधबारको बैठकले उपराष्ट्रपतिका उमेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिएको निर्णय पार्टी प्रवक्ताले सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो।

्संसद भवन नयाँ वानेश्वरमा स्थापना गरिएको उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले यादवलाई मत दिने निर्णय सार्वजनिक भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । आयोगले मंगलबार राति देखि निर्वाचनको प्रचार प्रसार गर्न नपाउने सूचना जारी गरेको थियो ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २, १२: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २, १२: ०९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २, १२: ०९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...