गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने नेकपा एस राष्ट्रियसभा अध्यक्ष ताक्दै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

गृहसहित तीन मन्त्रालयमा दाबी गर्ने नेकपा एस राष्ट्रियसभा अध्यक्ष ताक्दै

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गृहसहित तीन मन्त्रालयमा दाबी गरेर राष्ट्रिय सभा अध्यक्ष समेत आफ्नो पार्टीको पोल्टामा पार्ने दाउ हेरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा एसभन्दा ठूलो दल जसपाले ३ मन्त्रालय दिने कि २ मात्र भन्ने विषयमा सत्ता घटक दहरुबीच आन्तरिक छलफल चलिरहँदा नेकपा एसका एक नेताले भने गृह मन्त्रालयसति तीन मन्त्रालयमा दाउ हेरर राष्ट्रिय सभा अध्यक्ष लिने लक्ष्य राखेको हो।

संवैधानिक परिषद्मा सरकारको नेतृत्व गरिरहेका परिषद् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै अल्पमतमा पर्ने देखिएपछि वर्तमान अध्यक्षलाई हटाएर सत्ता गठबन्धनबाट अध्यक्ष चयन गर्ने योजनामा सत्ता घटक दलहरु देखिएका छन् ।

उपराष्ट्रपतिको निर्वाचन शुक्रबार सम्पन्न भएसँगै एक साता भित्रै प्रधानमन्त्री दाहालले संघीय संसदको दुबै सदनबाट विश्वासको मत लिने र त्यसलगत्तै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा सत्ता घटक दलहरु लागेका छन्।

नेकपा एसका उपाध्यक्ष राजेनद्रप्रसाद पाण्डेले माओवादीले प्रधानमन्त्री र काँग्रेसले राष्ट्रपति पाएको र जसपाले उपराष्ट्रपति पाउने पक्का भएको अवस्थामा गठबन्धनमा रहेको चौथो ठूलो दलको हैसियतले आफ्नो पार्टीलाई रोजेको मन्त्रालय तीन वटा पाउनु पर्ने अभिव्यक्ति दिएका छन्।

पाण्डेले गृह, अर्थ वा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमध्ये आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधिमध्ये दुई मन्त्रालयमा आफूहरूको दाबी रहने उनले बताए। पार्टीमा औपचारिक रूपमा छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ थियो।

एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रिपरिषदमा नेतृत्व गर्ने सम्भावना छ। पार्टीका महासचिव बेदुराम भुसालले पनि आकाङ्क्क्षा राखेका छन्। सरकारमा जाने योजना बनाएका महासचिव भुषाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भित्री योजनामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल रहेका छन्।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ चैत्र २, १५: २५

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ चैत्र २, १५: २५

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ चैत्र २, १५: २५

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...