परालको आगो निर्देशक प्रताप सुब्बाको निधन – Naya Bikalpa
June 1, 2023, Thursday

परालको आगो निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौँ । नेपाली चलचित्र ‘परालको आगो’ लगायत एक दर्जन चलचित्रको निर्देशन गरेका निर्देशक प्रताप सुब्बाको निधन भएको छ। सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा भारतमा निधन भएको नृत्य निर्देशक कमल राईले जनाएका छन्।

‘बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका नेपाली चलचित्र निर्देशन गरेका सुब्बाले २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए। उनी नेपाली मुलका भारतीय निर्देशक समेत हुन्।

थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन्। उनले डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका छन्। सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ चैत्र २, १७: ३३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
मोदीले भने १० हजार मेगावाट विद्युत खरिद गर्छौं
  • २०७९ चैत्र २, १७: ३३

नयाँ दिल्ली । भारतले नेपालमा जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माणदेखि विद्युत खरिद गर्ने विषयलाई बढी प्राथमिकता दिएको छ। चार...

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा  १० योजना उद्घाटन, शिलान्यास र समझदारी
प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीद्वारा १० योजना उद्घाटन, शिलान्यास र समझदारी
  • २०७९ चैत्र २, १७: ३३

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच १० वटा योजनाको...