
काठमाडौं । रारज्यको पहिलो अर्थात प्रमुख अङग व्यवस्थापिका प्रमुखले राज्यको चौथो अङ्ग नै विक्रीमा रहेको भन्दै खुलम खुल्ला अभिव्यक्ति दिएपछि उनको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्बत्र विरोध र निन्दा गरिएको छ।
नेपाल पत्रकार महासघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा गएका प्रतिनिधि मण्डलसँगको शुक्रबारको भेटमा उनले दिएको अभिव्यक्तिले अहिले देशभर तरङ्ग पैदा गरेको छ । उनले बुझेको र बुझाइएको आधारमा सिंगो पत्रकारिता जगतलाई नै आक्षेप र आरोप लगाएका छन्।
पत्रकारिता पेशालाई नै अपमानित हुने गरी सभामुख घिमिरेले पत्रकारहरु जति जिम्मेदारीसाथ पत्रकारिता गर्नुपथ्र्यो त्यो खालेको नभएको अभिव्यक्ति दिएका थिए । उनले मुलुकमा यतिवेला पीत पत्रकारिता डरलाग्दो रहेको भन्दै जे जे कारणले भए पनि पत्रकारहरु बिक्रीमा रहेको आरोप लगाएका छन्।
महासंघको टोली समक्ष सभामुख घिमिरेल भने ‘अब पत्रकारहरु बिक्रीमा छन्, सभामुखले बिक्रीमा भन्यो भनेर संघले यसलाई रोकिरहनुपर्दैन र त्यो भन्नु पनि हुँदैन तपाईंहरुले । किनकी यो त हाम्रो भित्री कुरा हो नि ।‘ सभामुख घिमिरेले बिग हाउसहरुले प्रभावित पारेर र थर्काएर, किनेर, फकाएर र अनेक ढंगले प्रभावित गरेको छ।’
महासंघको प्रतिनिधि मण्डलसँग उने यस्तो अवस्थाबाट मुक्त भएर पत्रकारिता र सरकारका बीचमा कसरी सम्बन्ध बनाएर लाने, ऐन ल्याउने वा कार्यान्वयन गर्दा समस्या कसरी हल गर्ने महासंघ र सरकारको कर्तव्य भएको समेत भनेका छन्।
उनले आफूले अलिक बढी देखेर, अलि पूर्वाग्रही भएर अभिव्यक्ति गरेको भए सच्याउन तयार छु भन्दै होइन भने पत्रकारहरुले पनि आफूलाई प्रभावबाट कसरी मुक्त गर्ने भन्ने विषयमा ध्यान दिनु जरुरी छ।
सभामुखले पत्रकार महासंघको प्रतिनिधि मण्डलसमक्ष दिएको अभिव्यक्तिलाई लिएर बिरोध र टिप्पणी भईरहँदा सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले शुक्रबार नै विज्ञप्ति जारी गरी सञ्चार क्षेत्रमा कतिपय बिकृति रहेको र त्यसलाई सुधार गर्नु पर्ने सन्दर्भमा दिएको अभिव्यक्तिलाई अन्यथा नलिन आग्रह गरेका छन्।
सभामुख घिमिरेले कुन संचार माध्यम वा कुन क्षेत्रका पत्रकार बिक्रीमा रहेका वा कुन कुन संचार माध्यम पीत पत्रकारितामा लागेको भन्ने विषयमा कुनै जानकारी दिएनन्। उनले कतिपय मिडिया हाउसको प्रभावमा परेर पनि पत्रकारहरु बिक्रीमा रहेको भने पनि कुन कुन मिडिया हाउस हो भनेर खुलाएनन्।

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...