सरकारले विश्वासको मत लिने विषयमा छलफल गर्न कांग्रेसले बोलायो बैठक – Naya Bikalpa
June 1, 2023, Thursday

सरकारले विश्वासको मत लिने विषयमा छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदको संयुक्त सदनबाट विश्वासको मत लिने सन्दर्भमा छलफल गर्न बैठक बोलाएको बताइएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ । काँग्रेसले आइतबार मध्याह्न १२ बजे नै पार्टी संसदीय दलको बैठक पनि बोलाएको छ।

गत पुस १० गते माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार दिएको समर्थन फिर्ता लिएपछि संंविधान अनुसार प्रधानमन्त्री दाहालले संघीय संसदको संयुक्त सदनबाट विश्वासको मत लिन लागेका हुन्।

सम्बन्धित समाचार

उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
उर्जा, भौतिक पूर्वाधार, संस्कृति र वाणिज्यको विषयमा महत्वपूर्ण छलफल–मोदी
  • २०७९ चैत्र ४, १७: ५३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता
  • २०७९ चैत्र ४, १७: ५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...

राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट
  • २०७९ चैत्र ४, १७: ५३

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...