काठमाडौँ । सभामुख देवराज घिमिरेले शुक्रबार दिएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता गर्न नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ। महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नगरे कानुनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको हो।
संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने विषयमा शुक्रबार सभामुखसँग भेट गर्न गएको नेपाल पत्रकार महासंघको टोलीसँग सभामुखले नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले जनाएको छ।
महासंघका महासचिव रोशन पुरीद्वारा ारी विज्ञप्तिमा सभामुखबाट नेपाली सञ्चार क्षेत्रका बारेमा व्यक्त भएको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको जनाइएको छ। महासंघले आफ्ना आरोपहरु पुष्टि गर्न वा आधारहिन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुखसमक्ष आग्रह गरेको छ ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीच वाणिज्य, उर्जा, संस्कृति र भौतिक पूर्वाधार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक...