कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बिहान संसद भवन नयाँ वानेश्वरमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले यस्तो
निर्णय गरेको हो।

कार्यसम्पादन समिति बैठक सम्पन्न भएलगत्तै मध्यान्ह बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न सांसदलाई ‘ह्वीप’ जारी गर्ने निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

सरकारलाई समर्थन गर्ने दल नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सोमबार संसदबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री दाहालको पक्षमा उनको दल एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस, जनता समाजबादी पार्टी, नेकपा एकीकृत समाजबादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीले समर्थन गर्ने देखिन्छ।

बैठकले संघीय संसद्को बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम आजैदेखि कांग्रेसका सांसदहरु सत्ता पक्षको लहरमा बसेका थिए। दलको बैठकबाट सांसद डा। चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेको गरिएको छ। नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई दिँदै सफलताको कामना समेत गरिएको लेखकले जानकारी दिए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ५, १४: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ५, १४: १४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ५, १४: १४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...