
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाई दिनुपर्यो भन्दै बाल्कोट नगएको बताएका छन् ।
प्रधानमन्त्री भएको करिव तीन महिनामा दोश्रो पटक विश्वासको मत लिने प्रस्ताव पेश गर्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिनिधि सभाको सोमबारको र्बैठकमा संवोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाई दिन पर्यो भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै भन्न नगएको बताएका हुन्।
‘मलाई प्रधानमन्त्री बनाईदिनु पर्यो भनेर म बाल्कोट गएको होइन । मलाई प्रधानमन्त्री बनिदिन पर्यो भनेर बोलाएपछि बाल्कोट गएको हुँ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो जोडबल त यतै (नेपाली कांग्रेस) थियो तर परिस्थितिले प्रधानमन्त्री केपी (ओली)जी बाट नै बन्न पुगेँ।’
संवोधनका क्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनिदिन माओबादी केन्द्रका नेतासँग एमालेको तर्फबाट आएको प्रस्तावको विषयमा एमाले नेता विष्णु पौडेललाई सबै थाहा भएकाले यथार्थ घटना खुलस्त पार्न आग्रह गरे।
उनले भने‘मैले केपी (ओली)जीलाई २–२ पटक प्रधानमन्त्री बनाएँ । तर, तपाइँले मलाई एक पटक प्रधानमन्त्री बनाएर गुन लगाउनु भयो । धन्यबाद दिएकै छु। तर, अझै एक पटक मलाई बनाउन वाँकी छ। एमालेका साथिहरुले मलाई प्रधानमन्त्री मात्र होइन, श्री३, श्री५ प्रधानमन्त्री बनाउन चाहनुहुन्थ्यो। तर मैले स्वीकार्न सकिन।’
उनले एमाले नेता केपी शर्मा ओलीबाट आफूलाई ‘के के चाहियो, त्यही दिने’ आश्वासन आए पनि आफ्नो लक्ष्य शान्तिप्रकृयालाई टुंगोमा पुर्याउने भएकाले उनको आश्वासन अश्वीकार गरेको बताए ।
दाहालले भने ‘केपीजीले छुट्ने बेलामा ठूला ठूला उपदेश र शिक्षा दिनु भएको थियो। तपाइँको सरकार वैशाखभन्दा टाढा जाँदैन । तपाइँ र हामी फेरि एकै ठाउँ दायाँ आसनमा हुने छौं। उहाँले भने जस्तो नहोस र हुँदैन भन्ने मलाई विश्वास छ।’
उनले प्रधानमन्त्री भएर सदनमा उपस्थित भएको पहिलो दिन नै ओलीले क्यानाडा, बेलायतदेखि लिएर शेरबहादुर देउवासम्मले सदन विघटन गरेको भन्दै उदाहरण दिएपछि यो गठबन्धन भङ्ग आजैबाट हुन्छ भन्ने सोचिसकेको बताए ।
उनले भने ‘आफूलाई प्रधानमन्त्री बनाउने सहयात्री दलको नेताले यस्तो अभिव्यक्ति दिने र कांग्रेस भित्रका साथिले प्रचण्डसँगै हिँड्न नसकेकोमा रियलाईज गरेको थाहा पाएपछि पुरानो गठबन्धन स्वभावैले एक ठाउँ आएको हो । सीके राउतजीले ठीकै भन्नुभयो, बिचार, सिद्धान्त नमिलेकै कारण एमालेसँगै हिँड्न नसकिएको हो।’
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...