प्रधानमन्त्री दाहालले संसदबाट दोश्रो पटक पाए विश्वासको मत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
पक्षमा १७२ र विपक्षमा ८९ मत

प्रधानमन्त्री दाहालले संसदबाट दोश्रो पटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभाबाट दोश्रो पटक विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभा समक्ष आफ्नो नेतृत्वको सरकारलाई सदनका बहुमत सदस्यको समर्थन रहेको भनी पेश गरेको प्रस्तावलाई निर्णयार्थ पेश गर्दा सो प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रधानमन्त्री दाहालले पेश गरेको विश्वासको मत लिने प्रस्तावको पक्षमा एक सय ७२ मत परेको थियो भने विपक्षमा ८९ जना सांसदले मत दिएका थिए। प्रधानमन्त्रीको विपक्षमा एमालेका सांसद र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मत दिएका थिए। प्रधानमन्त्री दाहालले पेश गरेको प्रस्तावको पक्ष वा विपक्षमा नलागी एक मत भने तठस्थ खसेको थियो।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सम्पूर्ण कायम रहेका सदस्य सख्याको बहुमत रहेकाले प्रधानमन्त्री दाहालले आफू लाई सदनको विश्वास छ भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन्।

गत पुस १० गते प्रधानमन्त्रमिा नियुक्त भएका दाहालले यसअघि पुस २६ गते पनि विश्वासको मत प्राप्त गरेका थिए। सरकारलाई समर्थन गरेको दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधान बमोजिम प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री दाहाललाई अब १० दलिय गठबन्धनमा आबद्ध दलका प्रतिनिधि समेटेर सरकार बिस्तार गर्ने बाटो खुलेको छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ६, १७: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ६, १७: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ६, १७: ५०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...