
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले त्रिभुवन विश्वविद्यालय समितिको एउटा अध्यक्ष पदमा तीन जनालाई जिम्मेवारी दिएको पत्र दिएर आफ्नो छद्म र दोहोरो चरित्र प्रस्तुत गरेका छन्।
हिँजो चैत ७ मगलबारको मिति राखेर नेविसंघ अध्यक्ष शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको छ । विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई नेविसंघले अध्यक्ष मनोनीत गरिएको पत्र दिएको छ।
तीनवटै पत्रको बोधार्थ त्रिवि कीर्तिपुरलाई समेत दिइएको छ। अध्यक्ष शेर्पाले केही दिनमा नेविसंघ त्रिवि समिति मिलाउने बताए । अहिले तीनै जना आधिकारिक नभएको उनको बताएका छन्। त्रिवि समिति अध्यक्ष मनोनीत गरिएका तीनै जनालाई तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी पनि दिइएको उल्लेख छ।
ेनेविसंघ अध्यक्ष शेर्पाको यस्तो दोहोरो चरित्र र छद्म क्रियाकलापका कारण नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुमा भ्रम सृजना गरेको छ । उनले प्रभाव र दबाबमा परेर यस्तो निर्णय गरेको विद्यार्थी नेता श्याम अधिकारी बताउँछन्।
६ महिना भित्र नेविसंघको महाधिवेशन गर्न भनी तदर्थ समिति अध्यक्ष बनाइएका शेर्पाले संघको अधिवेशन नगरी करिव एक वर्षदेखि पदको दुरुपयोग गरिरहेका छन्। पार्टी संस्थापन पक्षधर मानिने शेर्पाका अन्य विवास्पद कामले विद्यार्थीहरुमा अन्योलता छाएको छ ।
हेर्नुस पत्र


काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...