हाम्रो ‘व्युरोक्रेसी’, सुरक्षा संयन्त्र र समाज नै दलितप्रति सकारात्मक छैन –प्रधानमन्त्री दाहाल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

हाम्रो ‘व्युरोक्रेसी’, सुरक्षा संयन्त्र र समाज नै दलितप्रति सकारात्मक छैन –प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समग्र प्रशासनिक संयन्त्र, सुरक्षा निकाय र समाजको नेतृत्वमा रहेकाहरुको व्यवहार नै दलितप्रति नकारात्मक भएको बताएका छन्। उनले दलितमाथिको विभेदको अन्त्य र दलितमाथि हुने अन्यायको अन्त्य गर्न कडा कानून निर्माण र कार्यान्वयनसँगै निरन्तर आन्दोलनको खाँचो रहेको बताए।

राष्ट्रिय सभाको बुधबारको बैठकमा पेश भएको दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रस्नको जावाफ दिँदै प्रधानमन्त्री दाहालले दलितमाथिको विभेद अन्त्यको महत्वपूर्ण पक्ष सांस्कृतिक र सामाजिक आन्दोलन नै भएको बताएका हुन्।

‘समाजको नेतृत्व वर्गको दिमागमा दलितलाई न्याय दिने सवालमा सकारात्मक सोच छैन। दलितलाई न्याय र दोषीलाई कारबाहीको विषय आउँदा यहाँ विभिन्न किसिमका बहानाहरु बनाइन्छन्, तर्कहरु गरिन्छन्, विभिन्न खालको कृतिम प्रमाण जुटाएर रोक्ने गरिन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘त्यस्ता घटना उपल्लो जाति वा बर्गले सहर्ष स्वीकार्ने तर दलित, गरिव र किसानको पक्षमा नबोल्ने संस्कार छ।’

उनले दलितमाथि थिचोमिचो र अन्याय गर्नेमाथि सरकारले कारबाहीको कदम चाल्यो तर त्यो पर्याप्त हुन नसकेको भन्दै यसलाई सांस्कृतिक आन्दोलनको रुपमा बिकास गर्नु पर्ने खाँचो औंल्याए।

उनले भने ‘जातिय छुवाछुतको अन्त्य कानून प्रावधानले मात्र सम्भव हुँदैन, यसलाई व्यवहारिक रुपमा नै बदल्नु पर्छ। जनयुद्धको समयमा अन्तरजातिय विवाह हुँदा हामी खुव गौरव महसुस गर्दथ्यौं। उच्च जाति भनिने र दलित जातीबीच विवाह हुँदा जनतालाई राखेर भाषण गरिन्थ्यो। त्यसवेलाका अन्तरजातिय विवाह धेरै जसो सम्वन्धन विच्छेदमा परिणत भए । हाम्रा उत्साहहरु विलाएर गए।’

प्रधानमन्त्री दाहालले आफू दोश्रो पटक प्रधानमन्त्री हुँदा दलितमाथि हुने अत्याचार र महिलामाथि हुने व्यभिचारलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयबाटै संयन्त्र बनाए पनि चित्त बुझ्दो परिणाम नआएको स्वीकारे । उनले भने ‘काभ्रेमा एउटा लज्जास्पद घटना भयो। हामीले दोषीलाई कारबाही गर्ने भनेर पक्रिया अघि बढायौं तर परिणाम सकारात्मक भएन।’

प्रधानमन्त्री दाहालले रुकुम चौरजाहारी घटनाको छानबिन गर्न तत्कालिन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय छानबिन समिति बनाएर घटनामा दोषीलाई कारबाही गर्ने काम भयो। तर त्यो घटनाका दोषीलाई कारबाही र पीडितले न्याया जुन रुपमा पाउनु पर्दथ्यो त्यो नभएको भन्दै चित्त दुखाए।

प्रधानमन्त्री दाहालले भने, ‘सामाजिक जागरण र उत्पीडित जातिले चेतनाको आन्दोलन चलाईरहनु पर्ने रहेछ । नत्र कानून निष्प्रभावी बन्दै जाने खतरा छ। सामान्तबादको अन्त्यको लागि भएका व्यवस्थालाई फर्काउन केही प्रयास पनि भइरहेका छन्। हामी सचेत बन्नु पर्छ । कानून अझ कडा बनाउने र त्यसलाई कार्यान्वयनमा लैजान सरकार प्रतिवद्ध छ। बिकास र समृद्धिबाट त्यस्ता समस्याको दीर्घकालिन समाधान हुनसक्छ । संकल्पमा उठाइएका विषयलाई कार्यान्वयन गर्न प्रतिवद्ध छु।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ८, १६: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ८, १६: ०६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ८, १६: ०६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...