
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको नेविसंघका नेताहरुले पुत्ला दहन गरेका छन्। त्रिभूवन विश्व विद्यालयमा अध्ययनरत नेविसंघकै नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन्।
त्रिभुवन विश्वविद्यालयको अध्यक्षका लागि आधि दर्जन नेतालाई जिम्मेवारी दिएको पत्र सार्वजनिक भएपछि उनीसँग क्रुद्ध बनेका विद्यार्थी नेताहरूले शेर्पाको पुत्ला दहन गरेका हुन्। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका अध्यक्षले एउटै समिति अध्यक्षमा तीन जनालाई जिम्मेवारी दिएको पत्र बुधबार सार्वजनिक भएपछि उनीबिरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।
नेविसंघ त्रिभुवन विश्व विद्यालय समिति अध्यक्ष विष्णु बहादुर बडैलाले केन्द्रीय अध्यक्षबाट नेविसंघ त्रिविको ऐतिहासिक गरिमा र ओजमाथि नै प्रहार हुने काम भएको बताए। शेर्पाको चिठ्ठी आतंकले उनको नेविसंघप्रतिको आस्था र व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको बडैलाको आरोप छ।
हेर्नुस तस्वीरहरु –


काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...