सामुदायिक बनका अध्यक्ष थारुसहित ८ जनालाई काठ हिनामिना गरेको अभियोगमा पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सामुदायिक बनका अध्यक्ष थारुसहित ८ जनालाई काठ हिनामिना गरेको अभियोगमा पक्राउ

नेपालगंज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई बनको काठ हिनामिना गरेको अभियोगमाप्रहरीले पक्राउ गरेको छ।

घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँ बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काकाअनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य र कोषाध्यक्ष मैयासरी थारुलाई प्रहरी पक्राउ गरेको छ।

सामुदायिक बनकका सदस्यहरु कमला केसी, मानबहादुर विक, रामकली थारु, खड्गबहादुर ओली र शिवकुमारी थारुलाई समेत पक्राउ गरी बन कार्यालयको हिरासतमा राखिएको छ। आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।

‘काठ, दाउरा बेचेको हिसाब पनि छैन। खातामा समेत पैसा देखिँदैन’, अधिकृत खड्काले भने। साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो।

 

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०७९ चैत्र ९, १४: २१

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ९, १४: २१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ९, १४: २१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...